• होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Palika Hub
Advertisement
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result
Palika Hub
No Result
View All Result
Home Feature News

बराह तालमा पर्यटकको चहलपहल

palika hub by palika hub
December 26, 2022
in Feature News
0
बराह तालमा पर्यटकको चहलपहल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेको बागलुङको बराह तालमा गाउँपालिकाको सक्रियतापछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।

तमानखोला गाउँपालिका-२ मुठाचौरमा अवस्थित यो ताल उच्च पहाड, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको ताल तमानखोलाको शिरमा अवस्थित छ ।

केही वर्षअघिसम्म गाउँलेले पूजा गर्ने बराह ताल क्षेत्रमा पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बनेको हो । तमानखोला गाउँपालिकाले प्रचारप्रसार बढाएपछि आन्तरिक पर्यटक बढेका हुन् । तमानखोला गाउँपालिका-२ मुठाचौरमा रहेको बराह ताललाई गाउँपालिकाले संरक्षण तथा प्रवर्द्धन गर्न थालेको छ ।

धार्मिक महत्व समेत रहेको बराह तालमा संरक्षण र प्रचारका लागि यसवर्ष गण्डकी प्रदेश सरकारले रु ८० लाख र तमानखोला गाउँपालिकाले रु आठ लाख विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताए ।

‘बराह ताल जिल्लाकै राम्रो ताल हो, विगतमा प्रचारप्रसार र पूर्वाधारको अभावमा सुनसान जस्तै थियो’, उनले भने, ‘अहिले गाउँपालिकाले प्रचारप्रसार बढाएपछि आन्तरिक पर्यटक बढेका छन्, आगामी वर्षदेखि पर्यटक बढ्ने अपेक्षा गरेका छौँ।’

स्थानीय दिलबहादुर छन्त्यालले अहिले बराहतालमा पर्यटकको चहलपहल बढेको बताए । गाउँपालिकाले यस क्षेत्रमा पूर्वाधार निर्माण र प्रचारप्रसार बढाएपछि जिल्लाका विभिन्न स्थानबाट आन्तरिक पर्यटक घुम्न आउने गरेको उनको भनाइ छ ।

‘यस क्षेत्रमा पहिले वैशाखे पूर्णिमाको समयमा बाहेक खासै चहलपहल हुँदैन्थ्यो, त्यो बेलामा नजिकैको सिद्ध बराह मन्दिरमा पूजा हुन्थ्यो’, उनले भने । तालसम्म पुग्ने सडक बनेपछि मुठाचौरका स्थानीयलाई सहज हुने र पर्यटक बढ्ने उनको भनाइ छ । तालसम्म पुग्ने सडक निर्माणका लागि गाउँपालिका समक्ष आग्रह गरिएको उनले बताए ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले प्रदेश सरकार र गाउँपालिकाले विनियोजन गरेको बजेटले घेराबार, पदमार्ग निर्माण र ताल नजिकसम्म मोटरबाट पुर्‍याउने काम हुने बताए । गत वर्ष गाउँपालिकाले बराह मन्दिरको पुर्ननिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरिएको अध्यक्ष बुढा मगरले जानकारी दिए ।

‘अघिल्लो कार्यकालमा यहाँ केही पूर्वाधारहरु निर्माणको सुरुवात गरेका थियौँ’, उनले भने, ‘पालिकाको गुरुयोजना नै बनाएर ताललाई पर्यटकीय केन्द्र बनाउने अभियान छ ।’ तालमा पर्यटक आकर्षित गर्न गाउँपालिकाले प्रबद्र्धनात्मक काम गर्दै आएको छ ।

यस क्षेत्रमा ‘पिकनिक स्पट’, बगैचालगायत पर्यटकलाई थप आकर्षित गर्ने गरी पूर्वाधार निर्माणका लागि योजना बनाएको भन्दै अध्यक्ष बुढा मगरले यस वर्ष यहाँ धेरै पूवार्धार तयार हुने बताए ।

ताल नजिक रहेको मुठाचौर बस्नका लागि उपयुक्त स्थान भएकाले पर्यटकका लागि खाना, बस्न र आरामका लागि ‘होम-स्टे’ तथा स-साना होटलहरु बनाउने योजानासमेत रहेको उनको भनाइ छ । अहिले यहाँ आउने पर्यटकका लागि खानेपानी र शौचालयको व्यवस्थापन भइरहे पनि खाजा र खानाका लागि समस्या रहेको बुढा मगरले बताए ।

ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुन जनविश्वास छ । जसका कारण वैशाखे पूर्णिमाको समयमा बागलुङका विभिन्न स्थानका साथै गुल्मी, प्युठान, अर्घाखाँचीबाट पनि भक्तजनहरु पूजाआजा गर्न आउने गरेका छन् । यहाँबाट धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायतका दर्जनौँ हिमश्रृङ्खला देख्न सकिन्छ ।

Previous Post

आगामी एक हप्ता उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

Next Post

नुवाकोटको ऐतिहासिक सामरी पौवाको पुनःनिर्माण

palika hub

palika hub

Next Post
नुवाकोटको ऐतिहासिक सामरी पौवाको पुनःनिर्माण

नुवाकोटको ऐतिहासिक सामरी पौवाको पुनःनिर्माण

Discussion about this post

nest- nepal ecommerce and software technology

पालिका हब

मिडिया एण्ड आईटी हबद्वारा संचालित पालिका हब राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र क्षेत्रका सत्य  तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो !

 

 

 

हाम्रो टिम 

प्रकाशन: मिडिया एण्ड आइटी हब प्रा.लि
सम्पादक: खगेन्द्र पराजुली
सह-सम्पादक:
कम्प्युटर अपरेटर:
न्युज रिपोटर:
बजार प्रतिनिधि:

सम्पर्क

मिडिया एण्ड आईटी हब प्रा.लि
तारकेश्वर -०३ काठमाडौँ, नेपाल
ईमेल : palikahub@gmail.com
मोबाईल न: ९८४१५८१०४१,  ९८०३७४२८०२

पालिका हब डटकम

सूचना विभाग दर्ता न:
दर्ता न: २६५५०६/०७८/०७९
स्थायी लेखा न: ६१००३२४५३
इमेल: palikahub@gmail.com

 

  • होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 palikanews - Devloped by NEST

No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन

© 2022 palikanews - Devloped by NEST