काठमाडौँ(पालिका हब)। मनोरञ्जन क्षेत्रमा काम गरिरहेका श्रमिकले रातको समयमा काम गर्दै आफ्नो पढाईलाई निरन्तरता दिइरहेका छन् ।
सो क्षेत्रमा काम गर्दा विहान र दिनभरको समयलाई सदुपयोग गर्दै माध्यमिक तह(११, १२) र स्नातकसम्मकै अध्ययन गरिरहेका हुन् ।
विश्वास नेपालले विनरक इन्टरनेशनल, स्वतन्त्रता अभियान एवं स्थलगत अध्ययनकर्ताको सहयोगमा मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा कार्यरत श्रमिकहरूको अवस्थाबारे गरिएको विषयगत अध्ययन प्रतिवेदनले सो कुरा प्रष्ट पारेको हो ।
विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले यस क्षेत्रमा विशेष गरी शिक्षाको अवसरबाट बञ्चित आर्थिक अवस्था कमजोर भएका नागरिकले काम गर्छन् भन्ने बुझाईमा यस अध्ययनले परिवर्तन गर्न सहयोग पुगेको बताईन् ।
अध्ययनका क्रममा मनोरञ्जन क्षेत्रमा काम गरिरहेका श्रमिकमध्ये ३३.८ प्रतिसतले कक्षा ९ र १० पढेका र कक्षा ११ र १२ पढेका २३.४ प्रतिसत, आधारभूत तह उत्तिर्ण २५ प्रतिसत र साक्षर १५ प्रतिसत साक्षर पाइएका छन् भने काम गर्दै आफ्नै कमाईले अध्ययनलाई पनि निरन्तरता दिइरहेका विश्वासले जनाएको छ ।
Discussion about this post