
काठमाण्डौ ,असार २३।
पालिकाहब (काठमाण्डौ) ः काठमाण्डौ महानगरपालिका वडा नं ३ वसुन्धारामा रहेको ओरियन्ट मा वीले एस ई ई परिक्षामा उत्तिर्णा भएका विद्यार्थीहरुलाई पूर्ण छात्रवृति प्रदान गर्ने भएको छ।
बिज्ञान ,व्यवस्थापन र कानुन संकायका साथै ए लेभलका विभिन्न विषयहरु पठन पाठन गर्दै आएको सो कलेजमा शुरुमा विज्ञान विषयमा भर्ना हुने बिज्ञान ५० जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृति प्रदान गर्न लागिएको हो।
त्यस्तै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएका विसिस्ट विद्यार्थीहरुलाई पनि पूर्ण रुपमा छात्रवृति प्रदान गरिने जानकारी दिदै प्रिन्सिपल सिदार्थ सिम्खडाले अन्य विद्यार्थीहरुलाई पनि एस ई ई परिक्षामा प्राप्त अंकका आधारमा सुविधा दिने बताएका छन।
सुविधा सम्पन्न भवन ,आधुनिक ल्याब लगायतका अन्य भौतिक पूर्वाधारहरु रहेको सो कलेजले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप र सृजनात्मक क्षेमताको विकासका लागि विभिन्न गतिविधिहरु निरन्तर रुपमा संचालन गर्दै आएको छ ।






Discussion about this post