
काठमाडौं (पालिका हब) । सर्वोच्च अदालतले रूपन्देही २ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरेको छ।
यसअघि आफैंले गरेको अल्पकालीन आदेश निरन्तर नहुने भनेको छ। गुरूङले दिएको रिटमा न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार अन्तरिम आदेश नहुने भनेको हो।
‘कानुनद्वारा तोकिएको कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गरूङमा कायम रहेको देखिँदा निजले प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन,’ उक्त इजलासको आदेशमा भनिएको छ।
‘कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन मागबमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन। यस अदालतबाट असोज ३० मा जारी भएको अल्पकालीन आदेशलाई निरन्तरता प्रदान गरिरहन परेन,’ आदेशमा भनिएको छ।
Discussion about this post