
काठमाडौं (पालिका हब) । कमेडियन अपूर्व क्षितिज सिंह धरौटी बुझाएर छुट्ने भएका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि सो आदेश दिएको हो ।
नेवारी समुदायका विषयमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेर युट्युबमा राखेपछि अभियन्ताको उजुरीमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । १२ दिनसम्म अनुसन्धान गरी रिहा भएका उनलाई प्रहरीले पुनः पक्राउ गरी मुद्दा चलाएको थियो ।
Discussion about this post