काठमाडौँ। सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थप गरिएको छ।
नाबालिकमाथि बलात्कारको अभियोगमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान लामिछानेमाथि अदालतले चार दिनको म्याद थपेको हो। लामिछानेका वकिल सरोज कुमार घिमिरेका अनुसार बुधबार जिल्ला अदालत काठमाडौँ लगिएका लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो। उनि असोज २० गते पक्राउ परेका हुन्।
Discussion about this post