
काठमाडौं(पालिका हब)प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा होमिएका छन् । नेताको आआफ्नै तरिकाको प्रचार छ । यही प्रचारमा खटिने मध्ये काठमाडौं क्षेत्र नम्बर ६ का दुई उम्मेद्वार नेपाली कांग्रेसतर्फका भीमसेनदास प्रधान, र पूर्व आईजीपी सर्वेन्द्र खनाल एमालेका तर्फका चुनावी सरगर्मी चर्चामा छ ।
भीमसेनदास प्रधान लगातार यो क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । विसं २०७० मा दोस्रो संविधानसभाको निर्वाचनदेखि लगातार निर्वाचित प्रधानफेरि आफ्नो विरासत जोगाउने अभियानमा छन् । यता एमाले नेता सर्वन्द्र खनाल प्रधानको विरासतलाई टुग्याउने भन्नै चुनावी मैदानमा उत्रिएका छन् ।
सत्ता गठबन्धनबाट नेता प्रधान र एमालेबाट नेता खनाल बीचको आगामी निर्वाचनमा पनि राम्रै टक्कर हुने भन्दै कसले बाजी मार्ने भन्ने चर्चा आम रुपमा पनि भइरहेको छ ।
प्रधान र खनालसँगै यो क्षेत्रमा अन्य पाटी र स्वतन्त्र चुनावी उम्मेद्वार चुनावी प्रतिष्पर्धामा छन् ।
Discussion about this post