काठमाडौं। असोजको २१ गतेबाट रिलिज भएको चलचित्र ‘२ नम्बरी’ले बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ। दोस्रो साताको शनिवारसम्म पनि हलमा दर्शकको उच्च चाप छ। आज शनिवारको दिन पनि मल्टिप्लेक्समा दर्शकको उच्च अकुपेन्सी देखिएको छ।
यसैबिच, यो चलचित्रको ८ दिने बक्स अफिस कलेक्सन यसको निर्माण पक्षले सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार चलचित्रले ८ दिनमा ४ करोड ४५ लाख ग्रस कलेक्सन गरेको छ। यसको निर्माण पक्षले १३ वटा शहरको कुल व्यापार समेत सार्वजनिक गरेको छ।
निर्माण पक्षका अनुसार, यो चलचित्रले काठमाडौंमा ८ दिनमा २ करोड २० लाखको ग्रस कलेक्सन गरेको छ। यस्तै, चलचित्रले चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरी २२ लाख, नेपालगञ्ज १५ लाख, दमक १५ लाख, बिर्तामोड १४ लाख, विराटनगर १२ लाख, हेटौडा १० लाख, धनगढी १० लाख, धरान ५ लाख, सुर्खेत ४ लाखको ग्रस कलेक्सन गरेको छ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेन लगायतका कलाकारको अभिनय छ।
Discussion about this post