काठमाडौं(पालिका हब) । अमेरिकी गाडी कम्पनी टेस्ला तथा अन्तरिक्ष कम्पनी स्पेश एक्सका प्रमुख एलन मस्कले स्टारलिंक स्याटेलाइटबाट युक्रेनमा दिँदै आएको नि:शुल्क इन्टरनेट सेवा लामो समय दिन नसक्ने बताएका छन् ।
विश्वकै धनि व्यक्ती समेत रहेका मस्कले युक्रेनलाई स्टारलिंक स्याटेलाइटबाट लामो समयसम्म इन्टरनेट दिनको लागि कोषको आवश्यक पर्ने बताएका समाचार संस्था एएफपीले जनाएको छ।
रुसको आक्रमणपछि युक्रेनमा सञ्चारका उपकरण ध्वस्त हुँदा स्पेश एक्सले स्याटेलाइटबाट इन्टरनेट उपलब्ध गराएको थियो । अमेरिकी सेनाले सेवालाई निरन्तरता दिन एलन मस्कलाई आग्रह गरेका छन् तर उनले अब नि:शुल्क सेवा दिन नसकिने बताएको खबरमा उल्लेख छ ।
आफूले युक्रेनमा स्टारलिंक स्याटेलाइटबाट सेवा दिँदा अहिलेसम्म ८० मिलियन डलर खर्च भइसकेको र यो वर्षको अन्तिमसम्म एक सय मिलियन खर्च हुने उनको दाबी छ । तर अमेरिकी सञ्चारमाध्यम सीएनएनले भने स्टारलिंकले बनाएका २० हजार वटा स्टेशनमध्ये ८५ प्रतिशत स्टेशनको शुल्क अमेरिका, पोल्याण्ड लगायतका देश र संस्थाले सहयोग गरिरहेको दाबी गरेको छ ।
Discussion about this post