काठमाडौं। निर्वाचन आयोगले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न गरेको छ।
आयोगले समानुपातिक निर्वाचनका लागि आवश्यक पर्ने सबै अर्थात् ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सकिएको जनाएको छ।
प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्रको छपाइ भएको छ भने सातवटै प्रदेशका लागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ भएको आयोगले जनाएको छ।
आयोगकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि शनिबार (असोज २९ गते)सम्म १७ लाख मतपत्र छपाइ भएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ।
हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ।
Discussion about this post