काठमाडौं । सत्तारूढ गठबन्धनले सातै प्रदेशमा संयुक्त भेला गर्ने भएको छ।
बिहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्ने निर्णय गरेको थियो।
सो निर्णयअनुसार कात्तिक ४ देखि ७ गतेसम्म विभिन्न सहरमा भेलाहरू हुने ४ दलका शीर्ष नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कात्तिक ४ गते गण्डकी प्रदेशकाे पाेखरा र लुम्बिनी प्रदेश वुटवलमा भेला हुनेछ भने ५ गते प्रदेश १ र मधेस प्रदेशका विराटनगर, जनकपुरमा भेला हुनेछ। ६ गते कर्णाली प्रदेशकाे सुर्खेत र सुदूरपश्चिम प्रदेशकाे धनगढीमा भेला हुनेछ। ७ गते काठमाडौंमा बागमती प्रदेशको भेला हुनेछ।
ती भेलाको समन्वय गर्ने जिम्मा पनि सत्ता गठबन्धन दलले बाँडफाँट गरेका छन्। गण्डकी भेलाको समन्वय नेकपा (एकीकृत समाजवादी) ले गर्नेछ भने सुदूरपश्चिम र बागमतीको माओवादी केन्द्रले गर्नेछन्। त्यस्तै लुम्बिनी, प्रदेश-१, मधेस र कर्णालीको समन्वय नेपाली कांग्रेसले गर्नेछ । यी भेलाहरूमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।
Discussion about this post