काठमाडौं(पालिका हब) । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा। राजन भट्टराईले कांग्रेस महामन्त्री गगन थापाले एमालेले गरेका विकासका कामलाई आफूले गरेको भनेर भ्रम छर्न खोजेको आरोप लगाएका छन्।
काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई चाबहिल मित्रपार्कमा सम्बोधन गर्दै महामन्त्री गगनसँग दोस्रोपटक चुनावी प्रतिस्पर्धा गर्न लागेका नेता भट्टराईले एमालेको नेतृत्वमा भएका कामलाई आफूले गरेको भनेर भिडिओ बनाएको भन्दै आलोचना गरेका हुन्।
नेता भट्टराईले भने, ‘गगन थापा भिडिओ बनाएर कमलपोखरी मैले बनाएको भन्दै भ्रम छर्दै हुनुहुन्छ। कमलपोखरी बनाउनु हुन्न भनेर तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई चिठी लेख्नै तपाई होइन ? थापाले लेखेको त्यो चिठी अहिले पनि हामीसँग सुरक्षित छ आज विद्यासुन्दर नेतृत्वको महानगरले बनाएको कमलपोखरीको भिडिओ राखेर मैले बनाएको भन्न लाज लाग्दैन र?’
डा.भट्टराईले आफू प्रधानमन्त्रीको सल्लाहकार हुँदा कपन लगायत काठमाडौं ४ मा लगेका योजनाहरुको फोटो र भिडिओ बनाएर गगनले आफूले गरेको भन्ने भ्रम फैलाउन खोजेको आरोप समेत लगाएका छन्।
Discussion about this post