• होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Palika Hub
Advertisement
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result
Palika Hub
No Result
View All Result
Home Feature News

पोखरामा खेलकुदको कुम्भ मेला आजदेखि

palika hub by palika hub
October 14, 2022
in Feature News, खेलकुद
0
पोखरामा खेलकुदको कुम्भ मेला आजदेखि
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं(पालिका हब)। पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदै छ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४ बजे पोखरा रङ्गशालामा उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आइपुगेका छन् । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्वहरू पनि पोखरा आइसकेका छन् । सबै खेलका लागि खेलाडी तथा अफिसियल पनि पोखरा आइपुगेका छन् ।

यसअघि कुल सात हजार ७९९ खेलाडी प्रतिस्पर्धामा भाग लिने भनिए पनि यसपटक छ हजार १५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए । प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी बन्नेछन् ।

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटनका लागि सम्पूर्ण तयारी पूरा भएको सदस्यसचिव घिसिङले जानकारी दिए । उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजीसहितका मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी छ । त्यस्तै ११ वटै टोलीको मस्कटसहित मार्चपास, ओलम्पिक टर्च प्रज्ज्वलनलगायत तयारी गरिएको छ ।

औपचारिकरूपमा आज उद्घाटन हुने भए पनि केही खेल यसअघि नै सुरु भइसकेका छन् । हालसम्म वाग्मती प्रदेशले चार स्वर्ण र एक रजत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण र तीन रजत तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एक स्वर्ण, तीन रजत र छ कास्य प्राप्त गरेको छ । त्यस्तै सुदूरपश्चिमले एक स्वर्ण र तीन कास्य, नेपाल पुलिसले एक स्वर्ण, प्रदेश नं. १ ले तीन कास्य तथा आयोजक गण्डकी प्रदेशले एक कास्य प्राप्त गरिसकेको छ । प्रतियोगितामा कुल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय रहेको बताइएको छ।

कोरोना, स्थानीय निर्वाचनलगायतका कारण २०७७ सालमा नै हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद ढिलै भए पनि यसको काउन्डाउन आज सकिएको छ । यसअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदको समापनका दिन नवौँ राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो ।

महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व खेलकुदका गतिविधिसँगै नेपालको राष्ट्रिय खेलकुद पनि प्रभावित बनेको थियो । पछिल्लो समय स्थानीय निर्वाचनका कारण पनि खेलको मिति पुनः सरेको थियो । आज हुने उद्घाटन समारोहलाई विशेष बनाउने गरी सबै किसिमको तयारी भएको नवौँ राष्ट्रिय खेलकुद प्रचार–प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए ।

विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको छ । खेलकुदको उद्घाटन हुने दिन आज बिहानैदेखि पोखराको मौसम खुलेको छ ।

३६ खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका अरु जिल्लामा गर्ने गरी तय भएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिए । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका खेल सञ्चालन हुनेछन् ।

Previous Post

को हुन् ललितपुर २ का उम्मेदवार डा. दीपेश केसी

Next Post

यस्तो छ आजको मौसम

palika hub

palika hub

Next Post
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

Discussion about this post

nest- nepal ecommerce and software technology

पालिका हब

मिडिया एण्ड आईटी हबद्वारा संचालित पालिका हब राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र क्षेत्रका सत्य  तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो !

 

 

 

हाम्रो टिम 

प्रकाशन: मिडिया एण्ड आइटी हब प्रा.लि
सम्पादक: खगेन्द्र पराजुली
सह-सम्पादक:
कम्प्युटर अपरेटर:
न्युज रिपोटर:
बजार प्रतिनिधि:

सम्पर्क

मिडिया एण्ड आईटी हब प्रा.लि
तारकेश्वर -०३ काठमाडौँ, नेपाल
ईमेल : palikahub@gmail.com
मोबाईल न: ९८४१५८१०४१,  ९८०३७४२८०२

पालिका हब डटकम

सूचना विभाग दर्ता न:
दर्ता न: २६५५०६/०७८/०७९
स्थायी लेखा न: ६१००३२४५३
इमेल: palikahub@gmail.com

 

  • होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 palikanews - Devloped by NEST

No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन

© 2022 palikanews - Devloped by NEST