• होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Palika Hub
Advertisement
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल भइरहेको छ : प्रचण्ड

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    शिवपुरी डाँडाबाट भगवान पशुपतिनाथ फर्किएपछि आरती

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    रुपन्देही २ उम्मेदवार राजु गुरूङको उम्मेदवारी खारेज हुने निर्णय सर्वोच्चद्वारा सदर

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    कस्ता उम्मेदवारलाई भोट दिने ?

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    अपूर्व क्षितिजलाई साढे २ लाख रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    मतदाता अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि आतुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन
No Result
View All Result
Palika Hub
No Result
View All Result
Home Feature News

को हुन् ललितपुर २ का उम्मेदवार डा. दीपेश केसी

palika hub by palika hub
October 14, 2022
in Feature News, पालिका खबर
0
को हुन् ललितपुर २ का उम्मेदवार डा. दीपेश केसी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं(पालिका हब)। ज्यालोका लागि दीप चाहिन्छ या तारा, चन्द्रमा कि सूर्य डा. दीपेश केसी अन्धकार हटाएर उज्यालो छर्न दीप बनेर फैलदैछन् । देशमा भ्रष्टाचार, सार्वजनिक जग्गा अतिक्रमण, पुरातात्विक महत्वको सांस्कृतिक पूर्वाधारमाथि अतिक्रमणविरुद्ध कलम चलाइरहे बोलिरहे ।

संगठित शैलीमा विभिन्न गिरोहले देशलाई खोक्रो बनाएको निष्कर्ष निकालेर आक्रामक शैलीमा प्रस्तुत भए । कहिले लेख्न थाकेनन् र बोल्न थाकेनन् । अहिले डा. केसी बेथिती, अराजकता र अत्याचारको जरा उखेल्ने अठोटका साथ प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं २ बाट चुनावी मैदानमा उत्रिएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका ८ को विष्णुडोल गाउँमा बुवा पुष्पराज केसी र आमा लीला केसीको कोखबाट जेठा सन्तानका रुपमा जन्मिएका केसी सानैदेखि तीक्ष्ण बुद्धि र निडर थिए । विपन्न आर्थिक अवस्थाको परिवार थियो । कहिलेकाहीं छाक टार्न पनि कठिन थियो परिवारलाई । खेती किसानी र बुवाको जागिरको भर थियो परिवारमा । तर, केसीको प्रगतिको रफ्तारलाई आर्थिक अभावले रोकेन ।

लुभुको बालकुञ्ज माविबाट प्राथमिक शिक्षा, ललितपुरको सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमबाट माध्यमिक तह, पाटन संयुक्त क्याम्पसबाट आइएस्सी, गोदावरीको किटिनी कलेजबाट बीए, पाटन क्याम्पसबाट एमए उत्तीर्ण गरे केसीले । अध्ययनका बखत पनि उनी कुनै न कुनै आयआर्जनको काममा लागिरहन्थे । भन्छन्, ‘मैंले विद्यालय पढ्दा देखि नै आयआर्जनको काम गरेँ ।’ आफ्ना संघर्षका दिनहरु सम्झँदा गर्व लाग्ने बताउँछन् । उनी भन्छन्, ‘काम गर्न कहिले सरम लागेन । कुटोकोदालो गर्दै हुर्किएँ, गाईपालन, कुखुरा पालन, च्याऊ खेती समेत गरेँ ।’

विद्यालय पढ्दा पढ्दै गाउँ नजिकैको डीएम ब्रिक फेक्ट्री र हरिसिद्धि ईट्टा टायल कारखानामा मजदूरी गरेका थिए केसीले । कलेज पढ्दा पढ्दै विद्यालयमा केही वर्ष पढाए । त्यसपछि पत्रकारितामा लागे । अध्ययन चल्दै गर्दा पत्रकारिता पनि सँगै बढाएको सुनाउँछन् केसी । विद्यालय र कलेज पढ्दा उनी सवारी साधन चढ्नै पैसा नभएर एक घन्टा पैदल हिडेर आउने जाने गर्दथे । हिंड्न उनलाई औधी मनपर्ने सुनाउँछन् । विहान साँढे ३ बजे उठेर अध्ययन गर्ने र ५ बजे हरेक दिन १० किलोमिटर दौडने गर्दछन् केसी । त्यसपछि उनको लेख्ने र भेटघाट नियमित चल्दै आएको छ । खेलकूद र समाजसेवा उनको रुचीको विषय हो । कुनैबेला उनी फुटबलका राम्रा खेलाडी थिए । धेरै पुरस्कारहरु पनि जिते । जवाहरलाल नेहरु विश्वविद्यालयको फुटबल टिमको कप्तान समेत भएका थिए । उनले विश्वविद्यालयमा एथलेटिक्समा लामो दूरीको दौडमा स्वर्ण पदक जितेका थिए । ‘म जहाँ जहाँ पढेँ त्यहाँ खेलकूद या कुनै अतिरिक्त क्रियाकलापमा पदक जितेरै छाडें,’ केसी सुनाउँछन् ।

केसी आफूलाई भाग्यमानी ठान्दछन् । कुनैबेला उनलाई एकैपटक तीनवटा छात्रवृत्ति एकसाथ प्राप्त हुने भयो । उनले जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययनका लागि नै दुईवटा छात्रवृत्ति पाएका थिए । त्यसमध्ये एक रोज्नुपर्ने भएकाले सिल्भर जुभ्ली छात्रवृत्ति रोजे ।

जेएनयूबाट उनले समाजशास्त्रमा एमफिल र पीचडी गरे । युवावस्थामै पीएचडी गर्दा उनले जोखिम मोलेर रिसर्च गरे । जेलबाट समाजलाई हेर्ने दोस्तोभिस्कीको दृष्टिकोणबाट रिसर्च गरेको सुनाउँछन् केसी । रिसर्चका लागि नेपाल–भारत सीमाको धेरै नाका र क्षेत्र घुमेका छन् । उनको शोधकार्य नेपाल–भारतको विषय नेपाल–भारत सीमामा युवाको भूमिका हो । केसीका क्राइम एन्ड मनी इन नेपाल, इन्डो नेपाल क्रस बोर्डर क्राइम, डकैती इन्ड काठमाडौं भ्याली अंग्रेजीमा प्रकाशित कृति हुन् । नेपालमा संगठित अपराध र डोनाल्ड ट्रम्प नेपालीमा प्रकाशित कृति हो । यसबाहेक खून, नखरा र किशोरदेह उपन्यास प्रकाशित छन् । उनको उपन्यास र रिसर्चमा आधारित कृतिहरु प्रकाशोन्मुख छन् । केसीका दर्जनभन्दा बढी रिसर्च पेपर राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । पत्रपत्रिकामा उनका हजारौं लेखहरु प्रकाशित छन् ।

आफूले आफ्ना पिताबाट प्रभावित भएर लेखन कार्यलाई अगाडि बढाएको सुनाउँछन् केसी । उनका पिता पुष्पराज केसी पञ्चायतकाल देखि नै नाटक लेखन र अभियनमा सक्रिय थिए । पितासँगै बाल्यकालमा विभिन्न नाटकघरमा पुग्थे केसी । बाल्यकालमा बाल क्लबहरुमा सक्रिय रहे । खेलकूद प्रतियोगिता आयोजना गर्न अगाडि बढ्थे । ललितपुरमा उनलाई एउटा राम्रो फुटबल खेलाडीका रुपमा धेरैले चिन्छन् । खेल र कलाले हरेक व्यक्ति र ऊ जन्मिएको ठाउँको प्रतिष्ठा बढाउने सुनाउँछन् । त्यसैले खेललाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड छ । उनले केही वर्ष नेस्नल ल कलेजमा क्रिमिनोलोजी पनि अध्यापन गरे । सुरक्षा निकायमा पनि अध्यापन गरेको अनुभव छ केसीलाई ।

जीवन अनुभवहरुको तहहरु हुन् भन्ने केसी जुन सभ्यतामाथि टेक्यो त्यसको गरिमा राख्नुपर्ने सुनाउँछन् । धर्म, संस्कृति, परम्परा र मौलिकतालाई कहिले बिर्सन नहुनेमा उनको जोड छ । आफ्ना गुरुहरुले सबैभन्दा पहिले आफूलाई चिन्नुपर्ने र आफ्नो माटोलाई चिन्नुपर्ने सिकाएको सुनाउँछन् । त्यसैले आफू आफ्नै माटोमा दुःख पीडा जे जस्तो सामना गरेर भएपनि बस्न तयार भएको बताउँछन् ।

केसी बोलीभन्दा व्यवहारमा विश्वास गर्छन् । परिवर्तनको कुरा गर्ने तर आफैलाई परिवर्तन नगर्ने हो भने ढोंगी भइने बताउँछन् ।

उनले मधेशी मूलकी क्षितिज यादवसँग विवाह गरे । उनकी पत्नीका पिता मधेशी र आमा नेवार समुदायकी हुन् । त्यसैले उनको घरमा नेपाली भाषाका अलावा नेवारी पनि बोलिन्छ । पत्नी र छोरी नेवारी प्रष्ट बोल्छन् । केसीका दुई छोरी र एक छोरा छन् । कर्ममा विश्वास गर्ने केसी चुनौतीका पहाडहरु पार गर्न कहिले पछि हट्दैनन् । उनले चुनाव प्रचारको सुरुवात ललितपुरको पाटनढोकाबाट मानेदोभानसम्मको २२ किलोमिटर म्याराथुनबाट गरे ।


लोप्रोफाइलमा रहेर लामो समय काम गरेका केसीलाई उनका गुरुहरु अन्डडग भन्थे । हुनपनि उनी नपत्याउँदो तरिकाले ह्वात्तै अगाडि बढेर सफल हुने गरेका छन् । तर, केसी भन्छन्, म भित्र भित्र निकै ऊर्जा संकलन गरेर एकैपटक त्यसको सदुपयोग गर्ने खालको छु । उनलाई दीग्गज पत्रकारहरुसँग काम गरेकोमा गर्व छ । हरिहर विरही, जीवेन्द्र सिंखडा, तारानाथ दाहाल, ऋषि धमला, शम्भु श्रेष्ठ, शिव गाउँले, गुणराज लुइँटेल, राजकुमार बानियाँ, संकेत कोइराला, जगत नेपाल, कुसुम भट्टराई जस्ता दीग्गज पत्रकारहरुसँग काम गरेको अनुभव छ केसीलाई । विश्वप्रशिद्ध प्राध्यापकहरुबाट ज्ञान लिन पाएकोमा गर्व गर्छन् केसी ।

बहुमुखी प्रतिभाका धनी केसी अझै पनि खेतीपातीको काममा जुर्मुराउँछन् । अझै पनि भारी बोक्न पछि हट्दैनन् । भन्छन्, ‘पसिना बगाए पो स्वस्थ भइन्छ ।’ मीठो खानेले निकै बढी शारीरिक परिश्रम गर्नुपर्ने उनको भनाई छ । देशबाट आफूले धेरै पाएको सुनाउँछन् ।

उनी भन्छन्, देशलाई दिन सकिएन कि भन्ने खट्किइरहन्छ । आफूले देशलाई कसैले गाली गरेमा सम्झाउने गरेको बताउँछन् । कालिदासले मनुष्य खराब हुनसक्छ तर माटो खराब हुन सक्दैन भनेको स्मरण गराउँछन् । लक्ष्मीप्रसाद देवकोटाको कविता र भूपी शेरचनको कविता र वीपी कोइरालाको उपन्यास औधी मनपर्ने सुनाउँछन् केसी । विदेशी लेखकहरुमा लियो टोल्स्टोय र मार्क ट्वेन उनका प्रीय हुन् । अंशुवर्मा, जयस्थिति मल्ल, पृथ्वीनारायण शाह, राजा महेन्द्रको नेपालका लागि ठूलो देन रहेको भन्छन् । गणेशमान सिंह र केशरबहादुर बिष्टलाई त्यागी नेताका रुपमा मानेको छन् केसीले । कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र सुशील कोइरालाको सादगीपनबाट प्रभावित छन् । गिरिजाप्रसाद कोइराला र प्रचण्डमा रणनीतिक चार्तुयता देख्छन् । देशमा हजारौं हजार वर्षको सभ्यतामाथि नै प्रहार भइरहेकोमा सतर्क हुनपर्ने ठान्छन् । नेपाली जनता सोझो र संयम भएको तर कुनैपनि बेला संयमताको बाँध टुटेमा उथलपुथल ल्याइदिने गरेको इतिहास स्मरण गराउँछन् । उनले चाँडै देशमा ठूलै राजनीतिक उथलपुथलको सम्भावना देखेका छन् । भन्छन्, समयले सबैको स्थान निश्चित गरिदिनेछ ।

Previous Post

प्रतिनिधिसभा एवं प्रदेशसभाका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन

Next Post

पोखरामा खेलकुदको कुम्भ मेला आजदेखि

palika hub

palika hub

Next Post
पोखरामा खेलकुदको कुम्भ मेला आजदेखि

पोखरामा खेलकुदको कुम्भ मेला आजदेखि

Discussion about this post

nest- nepal ecommerce and software technology

पालिका हब

मिडिया एण्ड आईटी हबद्वारा संचालित पालिका हब राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतका सम्पूर्ण विषयवस्तु र क्षेत्रका सत्य  तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने नेपाली अनलाइन समाचार पोर्टल हो !

 

 

 

हाम्रो टिम 

प्रकाशन: मिडिया एण्ड आइटी हब प्रा.लि
सम्पादक: खगेन्द्र पराजुली
सह-सम्पादक:
कम्प्युटर अपरेटर:
न्युज रिपोटर:
बजार प्रतिनिधि:

सम्पर्क

मिडिया एण्ड आईटी हब प्रा.लि
तारकेश्वर -०३ काठमाडौँ, नेपाल
ईमेल : palikahub@gmail.com
मोबाईल न: ९८४१५८१०४१,  ९८०३७४२८०२

पालिका हब डटकम

सूचना विभाग दर्ता न:
दर्ता न: २६५५०६/०७८/०७९
स्थायी लेखा न: ६१००३२४५३
इमेल: palikahub@gmail.com

 

  • होमपेज
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2022 palikanews - Devloped by NEST

No Result
View All Result
  • होमपेज
  • राष्ट्रिय खबर
  • पालिका खबर
  • अन्तर्राष्ट्रिय खबर
  • अन्तर्वार्ता
  • अर्थ ब्यापार
  • दृष्टिकोण
  • मनोरन्जन
  • शिक्षा
    • Class 10
      • English
      • Optional Maths
      • Computer Science
      • Social Studies
      • Science
      • Mathematics
      • Nepali
    • Class 11
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
    • Class 12
      • English
      • Nepali
      • Social Studies
      • Mathematics
      • Hotel Management
      • Computer Science
      • Business Studies
      • Accountancy
  • अन्य
    • खेलकुद
    • विज्ञान प्रविधि
  • निर्वाचन

© 2022 palikanews - Devloped by NEST