
काठमाडौ (पालिका हब) काठमाण्डौँ क्षेत्र नं ७ मा यस पटक रोचक प्रतिस्पर्धा हुने देखिन्छ । गठवन्धनले पुर्व प्रधानमन्त्री बाबुराम भट्टाराईको छोरिलाई अगाडी सारेको छ भने एमाले बाट टिकट नपाएर रुष्ट बनेका रामविर मानन्धर बागी उम्मेद्वार बनेका छन् । पुर्वमन्त्री राजेन्द्र श्रेष्ठ पनि यस क्षेत्रमा आफुलाई जनताले रुचाएको सम्झिदै आफ्नो उम्मेद्वारी ज स पा बाट दिएका छन । राजनितिक दलका चर्चित अनुहारहरु चुनाव लडिरहदाँ पर्यटन व्यवसायी एवमं विज्ञ प्रशन्न अर्यालले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । त्यस्तै अन्य २५ जनाले यस क्षेत्रमा उम्मेद्वारी दिएको जानकारी निर्वाचन अधिकृत उषा श्रेष्ठबाट जानकारी प्राप्त भएको छ ।
प्रशन्न अर्यालको उम्मेद्वारिले गठवन्धन समेत आत्तिएको हामिले क्षेत्र ७ को केहि गाउँ र नेवारी समुदाय बाट मैदानमा पाएका थियौ भने मानुषिको चर्चा पनि शहरमा कम छैन । पुर्व मन्त्री को हैसियतले रामविर मानन्धर र राजेन्द्र श्रेष्ठले पनि राम्रै मत बटुल्न सक्ने सम्भावना देखिएको छ । काठँ क्षेत्रमा स्वतन्त्र उम्मेद्वार प्रशन्न अर्यालको माछा चुनाव चिन्हको वर्चस्व देखिएको छ भने महानगरको मत ३ ठुला दलमा बाडिने अंकगणितले देखाएको छ भने अन्य स्वतन्त्र उम्मेद्वारहरुले आफ्नो स्थानिय वसोवास रहेको स्थानमा केहि प्रचार गरेको देखिन्छ ।
पटक पटक चुनाव जितेर मन्त्री समेत बनेका रामविर मानन्धरलाई पनि यस पटकको चुनाव भारी पर्ने देखिन्छ त्यसो त पुर्व मन्त्री राजेन्द्र श्रेष्ठलाई पनि यो क्षेत्र सहज हुने छैन । यता मानुषी यमी सफल र सक्षम रहेता पनि आफ्नो आमा बुवाको कारणले निर्वाचन उन्को लागि पनि सहज छैन ।
Discussion about this post