काठमाडौं (पालिका हब)
आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको अन्तिम उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ। निर्वाचन आयोगले दाबी विरोधपछि बुधबार अन्तिम नामावली प्रकाशन गरेको हो।
आयोगका अनुसार देशभरि प्रतिनिधिसभा र प्रदेशसभाका करिब ६ सय उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिएका छन । प्रतिनिधिसभामा कूल २ हजार ५२६ जनाको उम्मेदवारी दर्ता भएकोमा अहिले घटेर २ हजार ४१२ पुगेको आयोगले जनाएको छ। त्यस्तै प्रदेशसभामा ३ हजार ४७६ जनाको उम्मेदवारी परेकोमा अहिले घटेर २ हजार ९९३ भएको छ।
Discussion about this post