काठमाडौं। अंग्रेजी माध्यमबाट प्रकाशित भई विगत १५ बर्ष देखि निरन्तर नेपाली शैक्षिक/प्राज्ञिक क्षेत्रमा आफ्नो दरिलो उपस्थिती साथ अटल अस्तित्व निर्माण गरेको मासिक पत्रिका (Magazine) कलेज रिडर्सले (College Readers) ले नेपाल शिक्षा पुरस्कार दुबईमा आयोजना गर्ने भएको छ।
नेपालको गुणस्तरिय शिक्षा अभिवृद्धिमा आफ्नो अमुल्य योगदान दिएका शिक्षालय, विद्यालय, महाविद्यालय तथा शिक्षा उद्यमी एवं शिक्षाविदहरुको अतुल्य योगदानको पहिचान र कदर गर्दै नेपाल शिक्षा पुरस्कार (Nepal Education Award -2022) द्वारा सम्मान गर्न लागेको हो।
सोमबार पत्रकार सम्मेलन गर्दै असोज २७ गते संयुक्त अरव अमिरात (UAE) को दुबईमा आयोजना हुने उक्त कार्यक्रममा शिक्षामा नवप्रवर्तनको पहिचान भन्ने नाराकासाथ नेपाली शैक्षिक / प्राज्ञिक क्षेत्रका अमुल्य रत्नहरु उजागर गर्दै शिक्षालय, विद्यालय, महाविद्यालय तथा शिक्षा उद्यमी एवं शिक्षाविदहरुलाई सम्मान तथा प्रोत्साहन गर्ने यस पुरस्कार/सम्मान को निर्णय स्वतन्त्र निर्णायक मण्डलद्धारा वस्तुगत मुल्याङ्नको आधारमा गरिने जानकारी दिएका छन्।
Nepal Education Award-Dubai 2022 कार्यक्रममा ३४ शिर्षकमा नेपालका उत्कृष्ट शिक्षालाय, विद्यालय, महाविद्यालयहरुलाई सम्मान गरिने भएको छ भने त्यसै गरी १६ शिर्षकमा शिक्षाविद, शिक्षासेवी तथा शिक्षा उद्यमी लाई सम्मान पुरस्कार प्रदान गरिने जानकारी गराएको छ।
Discussion about this post