काठमाडौँ (पालिका हब) — सत्तारूढ गठबन्धन दलले दुई महिनाको प्रयासपछि प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी बाँडफाँट गरेका छन् । गठबन्धनबाट जसपा बाहिरिएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाँट गरेका हुन् ।
मधेसको अर्को शक्ति लोसपालाई समेत गठबन्धनमा सामेल गर्ने गरी दलहरूले १३ सिटको टुंगो लगाउन बाँकी राखेका छन् । शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले गरेको सहमतिअनुसार कांग्रेसले ८४ सिट लिएको छ । त्यस्तै माओवादीले ४७, एकीकृत समाजवादीले १९ र जनमोर्चाले २ सिट पाउने भएका छन् ।
Discussion about this post