काठमाडौ (पालिका हब)ः घटस्थापनाको दिनदेखि नै हिन्दूको महान चाड दसैं प्रारम्भ भइसकेको छ। रेडियो नेपालबाट गुञ्जिने मालश्री धुनदेखि हरेक बिहान, दिउसो र बेलुका आउने रेडियो नाटकले चाडलाई महसुस गराउँछ।
दसैंलाई लक्षित गर्दै धेरै गीत तयार भए पनि सर्वाधिक बज्ने गीत हो ‘दसैं आयो’।
परदेशमा रहेका र मुग्लान भासिएकाको भावनाको प्रतिनिधित्व गर्ने गीतसँगै पुराना गीतको दबदबा कायमै छ। कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौंदेखि बजिरहेका छन्। रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दसैंको रौनक भित्र्याउँछ।
फिल्म ‘मुग्लान’मा समावेश गीतले घर आँगनमै दसैं भित्रिएको अनुभूत गराउँछ।
लोकनाथ सापकोटाको तयार पारेको शब्दमा स्वर उदितनारायण झा तथा दीपा झाले दिएका छन्।गीतमा सुरेश अधिकारीले सङ्गीत दिएका छन्। रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूतिसँगै घरपरिवारको खुसीयाली समेटिएको गीतको भिडिओ दर्शकमाझ प्रिय नै छ।
Discussion about this post